२२ वैशाख : भारत सरकारले मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै भारतीय जनताकाे रोचक गतिविधि सामाजिक संजालमा भाइरल बनेको छ ।
भारतीय मिडियाका अनुसार उक्त भिडियो बेंगलोरको हो । मदिरा पसल खुल्नासाथ एक व्यक्तिले पसल बाहिर पूजा गर्दै नरिवल फोडेका छन् । भिडियोमा उक्त व्यक्ति मदिरा पसलको सामुन्ने पूजा गर्छन् । त्यसपछि उनले नरिवल फोडेको देख्न सकिन्छ । भाइरल बनेका ति व्यक्ति मदिरा सेवक रहेको पनि बताइएको छ ।हाल सामाजिक संजालमा यो भिडियोको अत्यन्त चर्चा रहेको छ ।
करिब डेढ महिनाको लकडाउन पछि भारतले ग्रीन जोनमा मदिरा पसललाई खोल्न अनुमति दिएको छ । तर मानिसहरु मदिरा पसल अगाडि लामो लाइनमा मदिरा खरिदका लागि बसेका छन् । ट्वीटरमा सार्वजनिक गरिएको अर्को एक भिडियोमा दिल्लीको मदिरा पसलमा मदिरा खरिद गर्नेकोे लामो लाइन देख्न सकिन्छ । सामाजिक दुरीलाई नपच्छाएको भन्दै उक्त घटनाको सामाजिक संजालमा चर्को विरोध भइरहेको छ । मेरोलगानी
With all necessary pooja by drunken citizen people #LiquorShops are opened in #Bangalore #Bengaluru , just took this video and pics , don't know what to say ?? pic.twitter.com/nPKbXsdFIG
— balaji pa (@balajitech1) May 4, 2020