Logo

मोटी केटीलाई मात्र जागिर



धेरै प्राइवेट कम्पनीले पातला र स्लीम केटीहरुलाई जागिर दिने घोषणा गरेका कारण मोटा केटीहरु निराशा हुन्छन् । तर विश्वको एक ठाउँ छ जहाँ मोटा केटीलाई मात्र जागिर दिइन्छ । वास्तवमा जापानको टाकियो शहरमा एउटा क्याफे छ, उक्त क्याफे मोटा महिला कर्मचारीको कारण चर्चित छ । क्याफेमा मोटी केटी मात्र काम गर्छन् ।

मोटा केटी प्रति हेर्ने समाजको नजरमा परिर्वतन ल्याउन आफुले खोजेको क्याफेका मालिकले बताउछन् । उनले आफु मोटो भएर धेरै ठाउँमा लज्जित भएका मोटी केटीहरुलाई प्रोत्साहन गर्न यो कार्य अघि बढाएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्