Logo

पाल्पामा दलबहादुरको स्थानमा वामदेव चर्चा !



मुक्ति न्यौपाने, पाल्पा । प्रतिनिधि सभा पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गराउन नहुने मतदाताले बताएका छन् ।

बुधबार बसेको नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजानले निर्णय गरेको थियो । पाल्पानिर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभाका सांसद रानालाई पदत्याग गराउने गरि निर्णय भएको चर्चासँगै पाल्पामा राजनीतिकचर्चा चुलिएको हो ।

मतदाता कृष्ण कोइरालाले कुनै पनि किसिमबाट वामदेवलाई पाल्पामा चुनावमा लडाउने नहुने बताए । उनी भन्छन्, ‘हुन त दलबहादुरले पनि खासै केही गरेका छन् । आफूले चिनेजानेकोले त यत्रो लामो समयदेखि सांसद भैरहँदा खासै केही गर्न सकेको छैन । पश्चिम बाँकेमा चुनाव हारेको मान्छे हाम्रो क्षेत्रमा आएर हाम्रालाई काम गर्छन् भनेर विश्वास गर्न सकिँदैन ।’

हरि कुमारी न्यौपानेले वामदेवलाई दलबहादुरको स्थानमा चुनाव लडाउने कुरा जन्मेको छोरा मारेर पूर्णीमामा पुजा गर्नुजस्तै भएको बताइन् । ‘उपचुनावमा हुने खर्च यस क्षेत्रका गरिब र असहायलाई दिएर वामदेवलाई अर्को चुनाव पर्खन सक्नुपर्छ,’ उनले भनिन् ।

राजीनामाबारे आफूलाई जानकारी नभएको नेकपा नेता ठाकुर गैरेले बताए । युवापंक्तिमा लोकप्रिय रहेका नेता गैरे भन्छन्, ‘दलबहादुर रानाका विषयमा जानकारी छैन तर त्यस्तो हुन नपर्ने हो । उहाँलाई राजीनामा गराएर वामदेव कमरेडलाई उठाउने बारेमा थाहा भएन ।’ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजानले नेकपामा निर्णय भएसँगै पाल्पाको राजनीति तरङ्गित भएको हो ।

पछिल्लो समय पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद दलबहादुर रानालाई राजिनामा गराएर गौतमले चुनाव लड्ने विषयले राजनीतिक वृत्तमा प्रवेश पाएपछि पाल्पामा विभिन्न कोणबाट छलफलहरु भैरहेकाछन् । तर सांसद् रानाले भने आफूले राजीनामा गरेर वामदेव कमरेडलाई छोड्नेबारे कुनै छलफल नै नभएको भन्दै अनविज्ञता व्यक्त गरे ।

सांसद रानाले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनी भन्छन्, ‘हिजो सचिवालयमा त्यो प्रशंग उठेको पनि छैन । वामदेवको प्रशंग उठेपछि पाल्पा देखे मानिसहरुले । किन देखे थाहा छैन । यसको पछाडि कुनै गम्भिर उहाँहरुको कारण छ कसैलाई उचाल्ने, पछार्ने, थेचार्ने, बदनामगर्ने भनेदेखि उनैले जान्ने कुरा भयो । पाल्पामा सजिलो देखे होला । रानाले चिनेजानेको उसले मान्छ होेला भन्ने लागेर पत्रपत्रिकाले लेखे । मनगणन्ते काल्पनिक कुरा हो ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘केही समयदेखि हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक विवादलाई आजको सचिवालय बैठकमा सम्बन्धित नेताहरुले आत्मलोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, ३ जना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा खुसी भएका छौँ ।

तर, बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय बामदेव गौतमलाई पाल्पा क्षेत्र नं. १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रमपूर्ण र पार्टीको एकताविरोधी षडयन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’
गत प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग ७ सय ७५ मतले पराजित भएपछि गौतम चिन्तित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्यूठान दुवै ठाउँबाट निवार्चित भएपछि उनी बर्दिया छोडेको भन्दै मतदाता रुष्ट थिए ।

बर्दिया घर भन्ने गरे पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणजस्ता कार्यमा खासै मतलब नगरेको, भावी प्रधानमन्त्री मै हुँ भन्दै अर्को चुनावमा छोरा हरिष आउने अभिव्यक्ति दिएपछि बर्दियाका स्थानीय नेताहरू चिढिएपछि निर्वाचनमा हराएका थिए । जसका कारण वाम गठबन्धनका सबैजसो शीर्ष नेता चुनाव जित्दासमेत वामदेव पराजित भए । निर्वाचन हारेको ६ महिनासम्म गौतम चुपचाप थिए । पाल्पाबाट सांसद बनेका नेता राना गौतम निकट मानिन्छन् ।-दृष्टिबाट, File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot