Logo

कालोबजारीका अभियुक्त शुलभको शंकर ग्रुपले २२ अर्ब बढी कर्जा लिएको खुल्यो



काठमाडौं, २३ वैशाख । सामान्य नागरिकले कुनै उद्दोग व्यवसाय सञ्चालन गर्नुपर्दा केही लाख रकम लिन पनि कठिन पर्छ । तर, ठूला व्यवसायिक घरानाका लागि अर्बौं कर्जा पनि कठिन छैन ।

शंकर ग्रुपका सुलभ अग्रवालको हकमा पनि यही लागु हुन्छ । शंकर ग्रुपले विभिन्न बैंकहरुबाट २२ अर्ब कर्जा लिएको छ । उसले सिमेन्ट, रडलगायत उत्पादन गर्छ । शंकर ग्रुपको जगदम्बा सिमेन्ट र रड ब्रान्ड बनेको छ ।

यत्रो ब्रान्डको उद्दोग व्यवसाय गर्ने सुलभ केही लाखको लालचमा थर्मल गनको कालोबजारीमा पक्राउ परे । बजारमा ५ हजार रुपैयाँले आउने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्दै हिंडे । उनी पक्राउ परेर धरौटीमा रिहा भइसकेका छन् ।

धरौटीमा रिहा भई सम्पत्ति शुद्धिकरण विभागबाट पुनः पक्राउ परेपनि छुट्न पुगे । सुलभले सेटिङ मिलाएर रिहा भएको चर्चा उद्योगी व्यवसायीमाझ चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्