Logo

पृथ्वीको रक्षा गरौं



-प्रज्ञा बस्नेत: कोटेश्वोर, काठमाण्डौ। भाइरस-अहिले यो शब्दसंग पुरै मानव जाति डराउछ। हामी मानव प्रकृतिको सन्तान हौँ। तर जसरि अहिले कोरोना भाइरसले मानवको अस्तित्व डगमगाउने गरि महामारी फैलाएको छ, सायद हामी मानवले नि त्यसै गरि यो पृथ्वि र प्रकृतिलाई हानि पुर्याएर एउटा भाइरस को भूमिका निर्वाह गरिराखेकाछौं। कसरि चाहीँ हामी भाइरस भएम् त आफ्नै माता समान प्रकृतिको लागि ? आज भन्दा करिब २००० वर्ष अगाडी कस्तो थियो होला हाम्रो पृथ्वी ? सुबिधा थिएन होला, प्रबिधि थिएन होला, यातायातका साधन थिएनन् होला, यो सब त मानव स्वार्थका कुरा हुन् । यो सब कुरा को कमि भएपनि पृथ्वि अहिले भन्दा निकै सुन्दर र स्वस्थ थियो । विश्वो वनजंगलले भरिएको थियो होला । वनजंगलमा कति थरिका जनावरहरु पाइन्थिए होला । कति थरिका चराचुरुंगीहरु पाइन्थिए होला । सबै आफ्नो वासस्थानमा रमाउथ्ये होला । प्राकृतिक रुपमा जीवन प्रणाली चलिराखेको थियो ।

तर, जसरी मानवले आफ्नो जीवन प्रणालीको विकास गर्न सुरु गर्यो प्रकृतिको घाँटि रेटीदै गयो । जो जनावरहरु वनजंगलमा रमाउथिए अहिले उनीहरुलाई मानविय मनोरञ्जनका लागि खोरमा थुनेर राखिन्छ । साँच्चै कति स्वार्थी रहेछ हाम्रो जाति १ जनावर माथि हाम्रो प्रविधिको उपयोगिताको परिक्षण गरिन्छ । जुन वनले हामीलाई स्वास फेर्न हावा प्रदान गर्छ त्यहीँ वनको शंख्या दिनहु घटाउँदैछम् । केवल आफ्नो वर्तमानका केहि सामान्य खाँचोका लागि हामी आफ्नै जातिको भविष्य, तहस्महस पार्दैछौ । पहिला आफ्नै कामहरुले गर्दा अरु प्राणीहरुको जिन्दगि ध्वोस्त पारेम् अनि अब आफै लोप हुनलागेको जनावोरहरुलाई बचाउन भनि नारा लगाउछम्। मानिस साँच्चैनै सर्वश्रेस्थ प्राणि हो तर के सर्वश्रेस्थ हुनुको मतलव अरु प्राणीको अस्तित्व मेटेर पृथ्वीनै ध्वोस्त पार्नु हो र ?

जस्तो कर्म उस्तै फल भन्छन् नि हो त्यस्तै मानिसले गरेको गल्तिको सजाय उसैले भोग्छ। अहिले हामीले भोगिराखेको दुख त्यसैको त परिणाम हो नि १ ग्लोबल वारमिंग, यो युगको सबैभन्दा ठुलो समस्या, कसरि भयो त भन्दा हामीले खोलेका उद्योगहरुले गर्ने हावा प्रदूषणको कारणले। यसको कारणले गर्दा पृथ्वी नै संकटमा परेको छ। यसै गरि कोरोना भाइरसको समस्या पनि मानवको गल्तिकै परिणाम हो । चमेरामा पाइने यो भाइरस मानवमा सिधै सर्न सक्दैन थियो त कसरि सर्यो भन्दा, चिनमा हुने अबैध जैविक धन्दामा प्राकृतिक रुपमा संगै नहुने जनावर पनि एक साथ राखियो, जस कारण उनीहरुको शारिरिक तरल पदार्थ साटिन पुग्यो । चमेराको तरल पदार्थ सिवेट भन्ने बिरलोसंग साटिन पुग्यो र त्यो सिवेटबाट मानवमा सर्यो। अब संसार यो दुखको सामना गर्दैछ। प्रकृतिको दुरुपयोग गर्दा, प्रकृतिलाइ हातमा लिन खोज्दा, प्रकृतिको नियम विरुद्ध जान खोज्दा अन्त्यमा त्यसको सजाय हामीले नै भोग्दछौँ।

अहिले कोरोनाको कारणले सबै मान्छे घरमा बसेका छन्। विकसित देशहरुको नि उद्योगहरु बन्द भएका छन्, जस कारण हरेक प्रकारको प्रदुषण कम भएको छ। ग्लोबल वारमिंग घट्दैछ। प्रकृतिको घाउ ठिक हुदैछ। जनावरहरु मानवको डर बिना आफ्नो जिन्दगि रमाउदैछन्। यसको मतलव हामी मानव जाती कति ‘क्रुल’ रहेछम्, जानी नजानी आफ्नै अस्तित्व मेटाउदैछम्। अझै पनि ढिला भएको छैन आफ्नो गल्ति र त्यसको परिणामबाट सिकौँ। म विकासको विरुद्ध बोलेको होइन, विकास त भविष्यको आधार हो तर विकासको लागि प्रकृतिको हत्या नगरम्। आफ्नो विकास सँग प्रकृतिको विकास पनि साथ लैजाम्। अरु प्राणीको निर्बलताको फाइदा नउठाम्। सबै प्राणि प्रकृतिकै सन्तान हो भने अरुको दुर्गतिको कारण हाम्रो विकास नहोस्। प्रकृतिमैत्री विकास गरौं, त्यसो गरे मानव कल्याण भविस्यमा नि भइराख्ने छ। पृथ्वीको रक्षा गरौं।

Photo: Save the Earth eco poster. Two human hands holding planet Earth. Vector illustration.



प्रतिक्रिया दिनुहोस्

Screenshot