Logo

जन्मेको १ घण्टामा बच्चीको मृत्यु, मृत्यु पश्चात भयो फोटोशुट



सबै बाबु आमाको आफ्नो बच्चाको तस्वीर लिन चाहान्छन् तर एक जोडीले फोटो लिन पनि ठुलो सकस भएको छ । यो फोटोशुटको लागि जोडीले धेरै कुरा सुन्न परेको छ । वास्तवमा यो जोडीले यो फोटो आफ्नो मरेको बच्चासँग लिएका हुन् । डर्बि रायल हस्पिटलमा जन्मिएकी एक बच्चीको मृत्यु १ घण्टामा भयो । ती बच्चाीलाई एडवर्ड सिंड्रोम रोग लागेको थियो ।

बच्चीको आमा हेले राइसले बताए अनुसार बच्चीसँगको फोटो जन्मेको दुई दिन पछि लिएका हुन् । यसैले उनको चर्को विरोध सहन परेको छ भने कसैले मजाक बनाएका छन् । तर ती आमा बाबुले भने जसलाई पिडा परेको छ उनीहरुले मात्र आफ्नो समस्या बुझ्ने बताएका छन् । उनीहरुले बच्चीको सम्झनाको लागि मात्र यहि एउटा तस्वीर भएको र यहि तस्वीरले उसको सम्झना मेटाउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्