Logo

९९ वर्षिय महिला गर्भवती, १०० वर्षमा बच्चा जन्माउने



ब्रिटेनको वेस्ट सक्सेक्स मा एक अस्पतालले एक ९९ वर्षिया वृद्ध महिलालाई गर्भवती भएको खुलासा गरेर बच्चा जन्माउने मिती समेत तोकिदिएको छ । डोरिस इंग नामकी यी महिलालाई पत्र पठाएर गर्भवती भएको जानकारी दिएको छ र उक्त पत्रमा डेलिभरी हुने मिती नै तोकेर अस्पताल भर्ना हुन भनिएको छ । फारहेम अस्पतालले डोरिसको पत्रमा उनको सहि उमेर पनि लेखेको छ ।

डोरिसले भने आफु १०० वर्ष पुग्न लागेको र ३ बच्चा र १३ नाती नातिना रहेको बताएकी छिन् । अस्पतालले पठाएको पत्रले आफु आश्चर्य चकित भएको भन्दै अस्पतालमा नै आफु नगएको र पत्र कसरी आएको वारेमा थाहा नभएको जानकारी दिएकी छिन् । उनी २९ वर्षको उमेरमा नै तीन बच्चाको आमा बनिसकेकी थिइन् । यसपछि भने अस्पतालले डोरिससँग भुलवश भएको भन्दै माफी मागेको छ ।



प्रतिक्रिया दिनुहोस्