Logo

कोरोनाका कारण मृत्यु भएकी महिला जीवित भएपछि



काठमाडौं, बैशाख २५ । विश्वभर कोरोना भाइरसका कारण लकडाउन चलिरहेको समय दक्षिण अमेरिकी देश इक्वेडरबाट भने अनौठा घटना सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको भनीएकी एक महिला जीवित भएपछि शोक मनाइरहेका परिवार अचम्ममा पर्ने नै भए समाचारले संसारको ध्यानसमेत तानेको छ ।

केही दिन अघि कोरोना संक्रमित इक्वेडरकी ७४ वर्षकी वृद्धा अल्बा मारुरीको कोरोनाको कारण मृत्यु भएको र संक्रमण फैलिन सक्ने भन्दै अस्पतालले नै उनको अन्तिम संस्कार गरेर परिवारलाई अस्तु पठाएको थियो । मृत्युको खबर पाएकोे परिवारले अल्बाको अन्तिम संस्कारको समेत गर्न पाएन् ।

अचम्म त तब भयो जब कोमामा रहेकी अल्बाको होस खुल्यो र उनले परिवारलाई जानकारी दिन आग्रह गरिन् । तबमात्र केही दिन अघि अल्बा ठानेर अन्तिम संस्कार गरिएकी महिला अल्बा नभएको अस्पतालले थाहा पायो । तीन हप्तासम्म कोमामा रहेकी अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जीवितै रहेको सूचना दियो । मृत्यु भइसकेकी अल्बा जीवितै रहेको थाहा पाएपछि परिवारको खुसीको सीमा रहेन ।

पहिचान गर्न गल्ती भएको स्वीकार्दै अस्पतालले अल्बा र उनका परिवारसँग माफी मागेको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्