Logo

अध्यादेशबारे केन्द्रीय कमिटीमा मतदान गर्न ओलीलाई भिम रावलको चुनौती



काठमाडौं, बैशाख २६। नेकपा स्थायी कमिटीका सदस्य भिम रावलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटीको बैठक तत्काल नबोलाउने भए सरकारका पछिल्ला कामकारवाही र अध्यादेशका विषयमा छिनोफानो गर्न केन्द्रीय कमिटीमा मतदानमा आउन चुनौती दिएका छन् ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै रावलले सरकारले गरिरहेका नराम्रा काम र स्वयम प्रधानमन्त्रीले कोरोनाको महामारी चलिरहेका बेला दल विभाजन गर्ने र संवैधानिक परिषदबाट विपक्षीलाई हटाउनुपर्ने अध्यादेश किन ल्याएको हो ? यसका विषयमा स्थायी कमिटीमा छलफल र त्यहाँ नमिले केन्द्रीय कमिटिमा जानुपर्ने धारणा राखेका छन् ।

उनले कोरोना संक्रमणबाट जोगिनका लागि सरकारको आदेश पालन गरेर सवै घरभित्र बसिरहेको अवस्थामा औषधीमा भ्रष्टाचार गर्ने, जनतालाई घरबाहिर आउन नदिएर महोत्तरी पुगेर अपरहणको शैलीमा मान्छे बोकेर आउने र पार्टी विभाजनको काम अगाडी बढाउन खोज्नुको कारण स्थायी कमिटीको बैठकमा दिनुपर्ने बताए ।

रावलले आफुहरुले पार्टी नीति, विधि, विधान र पद्धतीबाट चल्लुपर्यो, कोरोनाविरुद्धको अभियान प्रभावकारी हुनुपर्यो, अध्यादेश फिर्ता भयो तर, यसपछिका घटनाको समितिक्षा गर्नुपर्यो, बजेट र सरकारका नीति तथा कार्यक्रममा छलफल गरौँ भनेर स्थायी कमिटीको बैठकको माग गरेको बताए।

रावलले भने,‘सरकार र पार्टीका कार्यक्रमका विषयमा छलफल हुनुपर्छ । विधि,पदती र प्रणालीमा नेताहरु चल्नुपर्छ । विधान विपरित काम गर्ने व्यक्तिले देश बनाउछु भन्नु गलत हो । बैठक बोलाउँदा प्रधानमन्त्रीले धम्की दिने । यस्ता धम्कीले अव नेकपा रहदैन र हाम्रो अस्तित्व पनि रहदैन । पार्टीका साथीहरुको कुरा नसुनेर प्रधानमन्त्रीले के पार्टी विभाजन गर्न खोज्नु भएको हो ? । व्यक्ति विशेषको लागि मात्रै नेकपा बनेको हैन’।



प्रतिक्रिया दिनुहोस्

Screenshot