Logo

भारतमा रेलले कुल्चेर १६ जनाको मृत्यु



मुम्बई, बैशाख २६ । महाराष्ट्रको औरंगावादमा रेलले कुल्चेर १६ जनाको मृत्यु भएको छ । मृतकहरु सबै मजदुर रहेको र उनीहरु आफ्नो घर मध्य प्रदेश फर्किरहेको समयमा दुर्घटना हुन पुगेको भारतीय सञ्चार माध्ययम दैनिक भास्करले उल्लेख गरेको छ ।

शुक्रबार बिहान मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना हुन पुगेको जनाइएको छ। रेलवे ट्रयाकमा सुतिरहेका मजदूरलाई देखेर रेल चालकले रेल रोक्ने प्रयास गरे पनि जोगाउन नसकेको भारतीय रेल मन्त्रालयका जनाएको छ ।

समाचारमा जनाइए अनुसार घटना आज विहान सवा ५ बजे घटेको हो । भारतमा जारी लकडाउनका कारण हजारौ मजदुर हिडेरै आफ्नो घर फर्किने क्रम अझै रोकिएको छैन् । लकडाउनकै कारण रेल सेवासमेत बन्द रहेकाले उनीहरु रेलकै ट्र्याकमा सुतेको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot