Logo

निजगढ बिमानस्थल: सडक बनाउन चार हजार बढी रुख काटिदै



काठमाडौं, बैशाख २८ । राष्ट्रिय गौरवको आयोजना अन्र्तगतकोे बारास्थित निजगढ अन्र्तराष्टिय विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन चार हजार दुई सय ३२ रुख काट्नु पर्ने जनाइएको छ ।

आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको आईतबार बसेको पाँचौं बैठकले उक्त कांलन सार्वजनिक गरको हो । सेक्टर वन कार्यालय निजगढले विमानस्थलका विमानस्थल घेर्ने सडक निमार्णका लागि उक्त संख्यामा रुख कटान गर्नुपर्ने देखाएको हो ।

समितिले विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलको लगत नम्वरीङ कार्य समेत तत्काल अघि बढाउने निर्णय गरेको छ । बैठकले २०७४ साल भदौ १९ गते नेपाली सेना र नागरिक उडड्यन प्राधिकरणबिच भएको सम्झौता अनुसार विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्नेे सम्झौता म्याद थप गरी सम्झौता बमोजिमका काम अगाडि बढाउने समेत निणर्य गरेको छ ।

विमानस्थल निर्माणको लागि लगानी बोर्डले निश्चित सयम सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गर्ने निणर्य गरेकोसमेत मन्त्रालयले जनाएको छ । यसअधि समितीको चौथो बैठक २०७६ माघ २ गते बसेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot