एजेन्सी, २९ वैशाख । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उनकी आमाले १९ वर्ष अघि फोन गरेको भिडियो बाहिरिएको छ । फोन गर्दा उनी फुजियान प्रान्तका गर्भनर थिए । फोनवार्तामा उनकी आमा कि सिनले सपना पुरा होस् भनी आशिर्वाद दिएकी छिन् ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्कले भिडियो सार्वजनिक गरेको हो । फोनवार्तामा आमाले सी जिनपिङलाई निकै परिश्रम गर्न भनेकी छिन् । सन् २००१ को मदरर्स डे को वर्ष सी घर जान पाएका थिएनन् । उनले फोनबाट आमासँग कुरा गरेका थिए । घर आउनु महत्वपूर्ण नभएको बरु कामको महत्व रहेको भन्दै सम्झाएकी थिइन् । उनले काम राम्ररी र जिम्मेवारीपूर्वक गर्न भनेकी थिइन् । उनले भनेकी थिइन्, कुनै गल्ती नगर्नु है ।
आमाले आशिर्वाद दिदै सपना पूरा होस् भनिन् । आमाको आशिर्वाद लाग्यो र सी जिनपिङ चीनका राष्ट्रपति बने ।
Warm moments: A phone call to #XiJinping from his mother 19 years ago
For more: https://t.co/dwAv1z61h9 pic.twitter.com/yKVqAipAl1
— CGTN (@CGTNOfficial) May 11, 2020