Logo

खुर्सानी खाने बाजीले घाँटीमा एक इन्चको प्वाल



पिरो खानुहोस् तर धेरै खाँदा घातक हुनसक्नेमा ध्यान दिनुहोस् । पिरो खाने बाजी लगाउदा अमेरिकाका ४७ वर्षिय व्यक्तिको गलामा एक इन्चको प्वाल परेको छ ।
उनीहरुले राखेको शर्त अनुसार ती व्यक्तिले खुर्सानीले भरिएको बर्गर खानु पर्ने थियो । बर्गर सबै आइटम खुर्सानीले भरिएको थियो ।

उनले त्यो सबै बर्गर खाए। केहि समयमा नै उनलाई उल्टी हुन थाल्यो । पेट तेजले दुख्न थाल्यो उल्टी लगातार भइरह्यो । यसकारण गलामा धेरै प्रेसर भएर प्वाल नै प¥यो ।
उनलाई तुरुन्त अस्पताल लगियो र डाक्टरले गलामा प्वाल परेको बताएका छन् । उनले खाएको खाना एक इन्चसम्म भित्र पसेको डाक्टरले बताएका छन् । १४ दिनसम्म अस्पतालमा राखेर उनको उपचार गर्नुप¥यो । यसकारण झोलकिया नामको खुर्सानी संसारकै सबैभन्दा पिरो भएको छ ।



प्रतिक्रिया दिनुहोस्