Logo

मानिस जत्रै मुसा



घरमा वा गोदाममा मुसो देखिनु त सामान्य कुरा हो तर लन्डनमा करीब चार फिट लामो मुसो भेटिएको छ । सानो मुसालाई हालिएको विष खाएर यो ठुलो मुसो मरेको थियो । यो मुसोलाई ग्रीनले देखेका हुन् ।

ग्रीनले आफुले त्यत्ति ठुलो मुसा कहिल्यै नदेखेको भन्दै आफ्ना साथीलाई तस्वीर लिन भने । दुवैजना मिलेर कुकुरलाई बोलाएर देखाए कुकुर भन्दापनि ठुलो थियो मुसो । उनीहरु छक्क परे । युनिवसिर्टी अफ हडर्सफील्डका डा.ले मुसा चार फिट सम्म बढ्ने र धेरै बृद्धिमान हुने बताएका छन् । उनीहरुको दृष्टि कमजोर हुने तर सुघ्ने क्षमता धेरै हुन्छ । यीनीहरुले चिकेन फ्रायड र चामल खान मन पराउछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot