Logo

सेयर बजार बन्द गर्न निर्देशन



काठमाडौं, १ जेठ । नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ। बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको थियो ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिइएको बताउनुभयो। लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुला गरिएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो ।

लकडाउनकै बीचमा २ दिन खुलेको बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लागेपछि ठूला लगानीकर्ताहरुले बजार बन्द गराउन माग गरेका थिए।



प्रतिक्रिया दिनुहोस्