Logo

लकडाउन थप्न सरकारलाई विज्ञहरुको सुझाव



काठमाडौं, २ जेठ । विज्ञहरुले सरकारलाई लकडाउन थप्न सुझाव दिएका छन् । आज (शुक्रबार) बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जनस्वास्थ्य विज्ञहरुले लकडाउन नै कोरोनाविरुद्ध लड्ने मुख्य हतियार भएकोले यसलाई थप्नुपर्ने सुझाव दिएको स्रोतले जनायो ।

यसअघि बसेको समितिको अनौपचारिक बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ। । जापान र हङकङको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिएका थिए । Photo: Mukunda Kalikote

लकडाउन जेठभर लम्बनसक्ने; सवारी पास लिन के गर्ने, पासविना चल्न पाउने सवारी (सुचीसहित)

जापान र हङकङबाट नेपाल आएकालाई जान अनुमति दिने सरकारको निर्णय



प्रतिक्रिया दिनुहोस्