Logo

कण्डमबाट बन्छ बनारसी साडी



काठमाडौं, जेठ ४ । बनारसी साडीको भारत प्रदेश र नेपालमा बेग्लै महिमा छ तर पनि यस्तो लोकप्रिय बनारसी साडी बनाउन परिवार नियोजनको अस्थायी साधन कण्डमको अबैध खपत भइरहेको खवरले साडी पारखीहरुलाई अचम्ममा पारेको छ ।

राम्रा बनारसी साडीहरु निर्माणमा सिल्कका साथसाथ कण्डमको पनि प्रयोग गरिएको खुलासा भएको छ ।एउटा बनासरी साडी बनाउन कम्तिमा १४ बटासम्म कण्डम लाग्ने भारतको बनारसमा गरिएको एक सर्वोक्षणले यस्तो देखाएको हो ।

पछिल्लो समय निःशुल्क रुपमा वितरण हुादै आएको कण्डमको माग बढेपछि त्यसको प्रयोग र असरबारे सर्वेक्षण गरिएको थियो ।

सर्वोक्षणका क्रममा कण्डमको खपत परिवार नियोजनका लागि नभई बनारसी साडी बनाउन भइरहेको तथ्य सार्वजनिक भएको हो ।

बनारसी साडी बन्ने क्रममा चर्खामा यसको प्रयोग हुने गरेको छ । कण्डमलाई बीचमा काटेर चर्खामा लगाइन्छ । जसले छिटो छिटो बन्न मदत गर्छ ।

यस्तै बनाईका क्रममा हात काट्ने डरले ओलामा पनि कण्डम लगाउने गरेको पाइएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।प्रति साडी बनाउादा १४ वटासम्म कण्डमको खपत हुने भएपछि परिवार नियोजनका लागि सित्तैमा कण्डम बाँडिरहेको स्थानीय प्रशासन अलमलमा परेको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot