Logo

सयौं किलोमिटर हिडेर घर जाँदा बाटोमै मृत्यु



एजेन्सी ५ जेठ । कोरोनाका कारण सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा छ । लकडाउन भएतापनि भारतमा नागरिकहरु आफ्ना घर जाने क्रमलाई तीब्रता दिएका छन् । दूई मित्र मोहम्मद सोयूब र अमृत कुमारले भारतको सुरतदेखि बिहार राज्यसम्म करिब १४ सय कि मीको यात्रा तय गर्ने खोज्दा अम्रितको बाटो मै मूत्यु भएको छ । उनीहरु केहि कि मीको यात्रा ट्रक मार्फत तय गर्छन् । करिब डेढ दिन ट्रकमा यात्रा गर्दा अम्रितलाई शरिरमा पानीको कमी (डिहाइड्रेशन) का कारण विरामी हुन्छ ।

लकडाउनका कारण चिकित्सक नभेट्टिएपछि उनको मित्र सोयूबले उनलाई एकलै छाड्न मान्दैनन्् । विभिन्न प्रयास पछि एम्बुलेन्स आउने निश्चित हुन्छ । एम्बुलेन्स आउनु अधि नै अमृत अन्तिम अवस्थामा पुगिसकेको उनको मित्रले खुलाएका छन् । शरीरको तापक्रम अत्यधिक बढी भएको कारण अम्रितलाई उनको मित्रले काँखमा राखेर पानी पट्टिले तापक्रम कम गर्न खोज्छन् । अस्पतालमा भर्ना भएपछि चेक गर्दा छातीमा कुनै समस्या नदिएको र डिहाइड्रशनकै कारण उनको मूत्यु भएको प्रष्ट हुन्छ ।

सुरत कोरो्ना संक्रमण रेड जोनमा रहेका कारण उनको मित्र र उपचार गर्ने चिकित्सकलाई क्वारेन्टाइन्मा राखिएको छ । उनको मित्र सोयूबले अमृतको परिवारले उनलाई कुरिरहेको बारम्बार भनिरहे र नपुर्याएसम्म सयूबे आफ्नो घर नजाने भनेपछि अमृतकोे शव र उनले १० हजार भारु रुपैया लिएर आज सोमबार परिबारलाई हस्तान्तरण गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्