Logo

३९ श्रीमती, ९४ छोरा छोरी भएका यी मानिस



मिजोरममा यो विश्वकै ठुलो परिवार बस्छ । ७४ वर्षका जियानोको यो परिवारलाई एउटा समुदाय पनि भन्न सकिन्छ । उनका ३९ श्रीमती र ९४ जना बच्चाहरु, १४ जना बुहारी, ३३ नाती नातीना र १ जना नन्हा पपोत्र गरेर कुल १८१ जना छन् । सबै १०० कोठाको एक विशाल घरमा बस्छन् । यत्रो ठुलो परिवारलाई कोरोना भाइरसले कुनै असर गरेको छैन ।

यीनीहरु पहाडको बीचमा सुन्दर ठुलो घरमा बस्छन् । सिर्कमी काम गर्ने जियोनाको घर अहिले समुदाय बनेको छ । यति ठुलो परिवारलाई जियोनाले अनुशासनका साथ चलाई राखेका छन् । सबै मिलेर घर देखि बाहिरको काम गर्छन् । महिलाहरुले खेतीपाती गरेर घर चलाउँछन् । उनकी जेठी श्रीमतीले मुखियाको भुमिका निभाउने गर्छिन् ।

एकदिनमा यो परिवारलाई ४५ किलोग्राम चामल, २५ किलो मासु, २५ किलो दाल, दर्जनौ अण्डा, ६० किलो तरकारीहरु र २० किलो फलफुल आवश्यक पर्छ । यो अत्यावश्यक खाद्यान्य सामानहरु आफै उत्पादन गर्छन्, कुखुरा फर्म पनि चलाएका छन् ।  एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot