Logo

डब्लुएचओलाई चीनको कठपुतली भनेको केही दिनमै ट्रम्पद्वारा ३० दिने अल्टिमेटम



एजेन्सी ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन डब्लुएचओविरुद्ध आक्रामक बन्दै आएका छन् । उनले केही दिनअघि उसलाई चीनको कठपुलती भने । डब्लुएचओलाई दिदै आएको आर्थिक कोष नदिने चेतावनी दिइसकेका छन् ।

यसपटक ट्रम्पले डब्लुएचओलाई ३० दिने अल्टिमेटम दिएका छन् । कोरोना महामारीको रोकथाम तथा नियन्तरण गर्न ३० दिन भित्र प्रभावकारी योजना बनाउन अल्टिमेटम दिएका हुन् । ३० दिने भित्र प्रभावकारी योजना सार्वजनिक नगरे अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिइरहेको सहयोग वापत रकम कट्टा गर्ने र संयुक्त राष्ट्र स्वास्थ्यको सदस्ताबाट हट्ने धम्कीसमेत दिए ।

ट्रम्पको चेतावनीले विश्व जगतमा तरंग पैदा गरेको छ । अमेरिकाले अप्रिल महिनाको सहयोग रकम फ्रिज गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot