Logo

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन



कलैया, २४ वैशाख । बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए ।

उत्पादित दलहनको प्रतिक्विन्टल १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका उनले बताएस् ।

जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए । गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot