Logo

यो मन्दिरमा श्रद्धालुले चढाउँछन् घडी



भगवानलाई खुशी बनाउन मन्दिरमा भक्तजनले फल, मिठाई आदी चढाउने गर्छन् तर काशी विश्वनाथको नगर वारायणीमा रहेको ब्रह बाबाको मन्दिरमा श्रद्धालुले घडी चढाउने गरेका छन् । यस मन्दिरमा पछिल्लो ३० वर्ष यताबाट घडी चढाउन शुरु भए पश्चात भने घडी बाबा मन्दिरको नामले चिन्ने गरेका छन् ।

गाउँको एक मानिसलाई ट्रक ड्राइभर बन्न मन लागेकोले यो मन्दिरमा आएर उसले वर माग्यो र संयोगले उ ट्रक ड्राइभर पनि भयो । ट्रक ड्राइभर भएपश्चात उसको राम्रो दिन सुरु भए । मागेको वर पुरा भएकोले यो मन्दिरमा भेटी स्वरुप उसले घडी चढायो । यो सबैलाई थाहा भएपछि बिस्तारै बिस्तारै घडी चढाउदा ब्रह बाबाले मनोकामना पुरा गर्ने विश्वास गर्दै घडी चढाउने परम्परा शुरु भएको हो ।

यो मन्दिरमा दैनिक टाढा टाढाबाट श्रद्धालु दर्शन गर्न आउने र घडी चढाउने गर्छन । धेरैले त मन्दिरको बाहिर रुखमा पनि घडी चढाउने गर्छन । घडी बाहिरै भएपनि आजसम्म एउटा पनि हराएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्