Logo

रोल्पामा तीन हजार किट मात्र



काठमाडौँ, ९ जेठ । जिल्लामा दुई हजार ९६० आरडिटी किट आइपुगेको छ । जिल्लामा यसअघि विभिन्न क्वारेन्टिनमा बसेका आठ हजारभन्दा बढी परीक्षणविना नै घर फर्किएका थिए ।

घर फर्केका आठ हजारभन्दा धेरै र रोल्पामा अरु प्रवेश गर्नेहरुबाट पनि जोखिम उत्तिकै भएकाले जिल्लामा आवश्यकताभन्दा दुईतिहाइ किट कम आएको छ । स्वास्थ्य सुरक्षा र सञ्चारकर्मीको आरडिटी गर्नुपर्ने भए तापनि जिल्लामा किट थोरै मात्र भएकाले परीक्षण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताएका छन् ।

“नौ हजारभन्दा धेरैको आरडिटी परीक्षण गर्नुपर्ने हो, सङ्घ, प्रदेशसँग समन्वय गर्दा पनि किट पाउन सकिएन’ ढकालले भने । जिल्लामा किट अभावमा अहिलेसम्म क्वारेन्टिनबाट फर्केका कसैको पनि आरडिटी गर्न नसकिएको जनाइएको छ ।

उपलब्ध किट पछिल्लो समय कोरोना प्रभावित भारत र नेपालका विभिन्न स्थानबाट आएकामध्ये लक्षण देखिएकालाई आरडिटी गर्न शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot