Logo

अमेरिकामा १६ लाख संक्रमित, ब्राजिलले रुसलाई उछिन्यो



एजेन्सी, १० जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५३ लाख नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ४४ हजार संक्रमित भइसकेका छन् । त्यहाँ मृतक संख्या ९७ हजार ६ सय नाघेको छ ।

संक्रमित संख्यामा ब्राजिलले रुसलाई उछिनेको छ । कोरोना भाइरसको रोकथाममा ब्राजिलले हेचेक्राइँ गरेपछि संक्रमित संख्या बढेर ३ लाख ३० हजार नाघेका छ, २१ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ ।

रुसमा ३ लाख २६ हजार संक्रमित भएका छन् ३२ सयको मृत्यु भएको छ । स्पेनमा २ लाख ८१ हजार, बेलायतमा २ लाख ५४ हजार, इटालीमा २ लाख २८ हजार संक्रमित भएका छन् । संक्रमणबाट मृत्यु हुनेमा अमेरिकापछि बेलायत रहेको छ ।

भारतमा १ लाख २४ हजार संक्रमित भएका छन्, मृतक संख्या ३७ सय नाघेको छ । त्यहाँ बितेको २४ घन्टामा ६ हजारभन्दा बढी संक्रमित संख्या थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot