Logo

विद्युत्को तार भूमिगत गर्ने कार्य जारी



काठमाडौँ, १० जेठ । कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

अहिले राजधानीको महाराजगञ्ज र चावहिल–चुच्चेपाटी क्षेत्रमा अहिले विद्युत्को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ५ गते काठमाडौँमा विद्युत्को तारलाई भूमिगत गर्ने कार्यको उद्घाटन गरिएको थियो ।

उनले भने, ‘‘महाराजगञ्जमा कामलाई निरन्तरता दिन नसकिए पनि चाहबेल–चुच्चेपाटी क्षेत्रमा तारलाई भूमिगत गर्ने कार्यलाई सम्पन्न गरिने छ, यस क्षेत्रमा काम गर्नका लागि काठमाडौँ जिल्ला प्रशासनबाट अनुमति प्राप्त भइसको छ, मङ्गलबारबाट काम सुरु हुनेछ ।’’ (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot