Logo

चेरापुन्जीमा किन धेरै वर्षा हुन्छ



एजेन्सी । चेरापुन्जी २५.३० डिग्री नर्थ ९१.७० डिग्री ई मा अवस्थित छ । १४८४ मीटर औसत उचाईमा रहेको छ । यो खासी हिल्स को दक्षिणी भाागमा एक पठार स्थित छ जसको नजिक बंगलादेशमा मैदानमा पर्छ । पठार आसपास घाटीको माथी ६सय मीटर उचाईमा छ ।

चेरापुन्जीमा दक्षिण–पश्चिम र पुर्वोत्तर मनसुनी हावा दुईतीरबाट आउछ जसको कारण एक लामो मनसुन सीजन शुरु हुन्छ । यो खासी हिल्समा हावाको जोड धेरै पर्छ । चिसोमा यहाँ पुर्वोत्तर र ब्रहपुत्र घाटीबाट आउनाले वर्षा धेरै हुन्छ ।

गर्मिमा बंगालको खाडीबाट आउने मनसुनले वर्षा गराउछ । मनसुनको बादल बगलादेशको मैदानबाट माथी ४ सय किमी उडेपछि खासी हिल्समा ठोकिन्छ । यो मैदानको २ देखि ५ किमीको यात्राभित्र अचानक समुन्द्र तल १३ सय ७० मी उचाईमा पुगिन्छ । गहिरो घाटी भएको यो पहाडको भुगोल यस्तो छ कि तल तल उडिरहेको वर्षा–बादल चेरापुन्जीमा अचानक सजिलै भरिदिन्छ । हावा, वर्षा बादल यो घाटीभन्दा माथी उठाइदिन्छ । तेजमा माथी उचाईमा पुगेको बादल तेजले चिसो भएर जम्छ र जसको कारण अचानक तेजमा वर्षा हुन्छ । चेरापुन्जीमा औसत ११ हजार ७ सय ७७ मिलिमिटर वर्षमा वर्षा हुन्छ । यसको नाम विश्व रेर्कडमा दर्ता भइसकेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्