Logo

प्रदेश २ का तीन स्थानबाट स्वाब परीक्षण तयारी



काठमाडौँ, १२ जेठ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारले प्रदेशको तीन स्थानबाट स्वाब परीक्षण गर्ने तयारी गरिरहेको छ ।

जनकपुर समाचारदाता धर्वेन्द्र झाका अनुसार सङ्घ सरकारले प्रादेशिक अस्पताल जनकपुरधामका लागि पठाएको मेसिन ब्रिगेपछि परीक्षण नै प्रभावित भइ परीक्षणको दायरा फराकिलो पार्न नसकेको प्रदेश सरकारले जनकपुरधाम र राजविराजका लागि दुईवटा पीसीआर मेसिन खरिद गरेर ल्याए पछि परीक्षणको कार्यलाई फराकिलो पार्न लागिएको हो ।

यसअघि वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पीसीआर जडान भई एक स्थानबाट मात्रै स्वाब परीक्षणको काम हुने गरेको थियो । अन्य ठाउँबाट सङ्कलित स्वाब परीक्षणका लागि काठमाडौँ नै पठाउनुपथ्र्यो । प्रदेशको राजधानी जनकपुरधाम र सप्तरीको सदरमुकाम राजबिराबाट परीक्षण सुरु भएमा परिणाम आउन समय नलाग्ने स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ का निर्देशक हरिसचन्द्र साहले जानकारी दिएका छन् ।

दुवै ठाउँका लागि मेसिन ल्याई जडानको काम समेत सुरु भइसकेको र जडान हुने बित्तिकै दुवै आरटी पीसीआर सञ्चालनमा आउने र परीक्षणको कामले तीव्रता पाउने प्रादेशिक प्रयोगशाला प्रदेश २ का प्रमुख राम विनय साहले जनाकारी गराएका छन् । उक्त मेसिनको क्षमता चार घण्टामा ९६ जनाको परीक्षण गर्ने रहेको जनाइएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot