Logo

बाँदरले ३० जना मानिसलाई यसरी बचायो



भारतको बेगलुरमा भएको बादरको घटनाले मानिसमा जस्तै जनावरमा पनि माया ममता हुने स्पष्ट देखिन्छ । यो अन्धविश्वास हो न तकुनै चमत्कार भएको हो । यो वास्तविकता हो । कावेरी नदीमा एक धार्मिक अनुष्ठान भइरहेको थियो, जहाँ एकै परिवारको ३० जना मानिसहरु बसिरहेका थिए । उनीहरु कावेरी नदीको पवित्र जलले स्नान गरे रुखको फेदमा पुजा गर्न तयारी गर्दै थिए । रुखमा बसेको बादरले माथीबाट पिसाब फेरीदियो । बादरले पिसाब फेरीदिए पछि केहि मानिसहरु अपवित्र मानी उठेर बादरलाई गाली गर्न थाले भने ३ जना त्यहि बसीरहे ।

ती मानिसहरु उठेको केहि समयमा अचानक त्यो रुख ढल्यो, त्यहा बसेका एकजनाको घटनास्थलमा मृत्यु भयो र दुई जना घाइते भए । परिवारको एकजना सदस्य गुमाएका परिवारका सदस्यले शोक मनाउदै गर्दा बादरलाई पनि धन्यवाद दिएका थिए । बादरले पुरै परिवारलाई बचाउन खोजेता पनि अटेर गरेर ३ जना बसेकाले घटना हुन पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot