एजेन्सी । आजसम्म हामीले जुम्ल्याहा बच्चाको उमेरमा अन्तर जम्मा केही मिनेटको थाहा पाएका छौ, तर ब्रिटेनमा दुई यस्ता जुम्ल्याहा बच्चा जन्मिएका छन्, जसको अन्तर २ वर्षको छ । यो कसरी सम्भव भयो भन्ने वारेमा सोचिरहनु भएको होला । यी बच्चाहरुलाई माता पिताले आफ्नो मर्जीले २ वर्षको अन्तरमा जन्माएका हुन् ।
ब्रिटेनमा बस्ने रिचर्ड र रशेलको बच्चाहरु ओलिवर र इसैक जुम्ल्याहा हुन् । यीनीहरुको उमेरको अन्तर २ वर्षको छ । ठुलो बच्चा २ वर्षको छ भने सानो बच्चा जम्मा १ महिनाको छ ।
यो बच्चाहरुलाई जुम्ल्याहा मान्न अन्य मानिसहरुले अस्विकार गरिरहेका छन् । तर सत्य यो हो की दुइटै बच्चा एकै भु्रणका भाग हुन् । यी दम्पतिले आईवीएफको उपयोग गरेर जुम्ल्याहा बच्चाको जन्म दिएका हुन् । ओलिवरलाई जन्माउदै गर्दा डाक्टरले अर्को भ्रुणलाई फ्रिज गरिदिएका थिए । बाबुको अनुसार उमेरमा मात्र अन्तर भएका यी दुई बच्चाहरुको अनुहार, स्वभाव र हाउभाउ मिल्ने गरेको छ ।