Logo

कलको पानीले परिवारकै कपाल खुइलियो



पानी नै जीवन हो । तर त्यहि पानी कसैको परिवारमा भने दुःख बनेको छ । भारतको एक स्थानमा चापाकलको पानीले नुहाएर घरका सबै सदस्यको टाउको खुइलिएको छ । एकदिन बिहानै नाथपट्टी गाउँमा शनिबार चापाकलको पानीले एक परिवारको ३ सदस्यले नुहाएका थिए । साँझ साँझ तिर सबैको कपाल हातमा टासिएर आयो । एकैछिनमा तालु खुइले भए ।

जिल्लाका पदाधिकारीहरुले आश्र्चय लाग्दो समस्या पत्ता लगाउन नसकेपछि पानीको कल सिल गरेका छन् । कारण भने अझै केही दिन पछि मात्र पत्ता लाग्ने बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot