Logo

रुकुमपश्चिम घट्नामा गृहमन्त्रालय किन चुप ? भन्दै सांसद चौधरीद्धारा निन्दा (भिडिओसहित)



काठमाडौं, १९ जेठ । राजपा नेपालकी सांसद चन्दा चौधरीले संविधानमा सबै किसिमका छुवाछुत र भेदभावको अन्त्य गरिएपनि व्यवहारमा अहिलेसम्म त्यो लागु नभएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । हालै अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुमको चौरजहारीमा भएको घट्नालाई लिएर उनले सोमबार प्रतिनिधिसभाको शून्य समयमा यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

उनले भनिन्-‘रुकुमपश्चिम घट्नाबारे अहिलेसम्म गृहमन्त्रालय किन चुप लागेर बसेको छ ? यसको म घोर निन्दा गर्दछु । सुष्मा र नवराजको प्रेम सम्बन्धकै कारण नवराज लगायत अन्य युवाहरुको हत्या भएको हो । दलित भएकै कारण हत्या भएको हो । दलितको लागि खाली दलित नै बोल्नुपर्ने, मधेशीको लागि मधेशी नै बोल्नुपर्ने, महिलाको लागि महिला नै बोल्नुपर्ने यो कुरा कहिलेसम्म यो गणतन्त्रान्त्रिक देशमा चल्छ सभामुख महोदय ?’

उनले संविधानमा छुवाछुत र भेदभावको अन्त्य गरिएको भएपनि व्यवहारमा भने त्यो लागु नभएको बताईन् । उनले थपिन्,’म भन्न चाहन्छु हाम्रो देशमा संविधान बन्यो । अहिले धेरै मााननीयजीहरुले पनि भन्नुभयो कि उत्कृष्ट संविधान रे । हाम्रो देशको दुनियाँको उत्कृष्ट संविधान बन्यो, जसमा छुवाछुत, जातीय भेदभाव, सबै किसिमको भेदभाव र छुवाछुत मुक्त संविधान बन्यो । तर, यहाँ कस्तो लागिरहेको छ भने कार्यान्वयनमा छैन् । यसमा पनि संविधान संशोधन गर्ने हो कि ? कि सबै छुवाछुत, भेदभावयुक्त संविधान राखिदिने हो कि ? किनभने लेखाई र गराईमा फरक छ ।’ FILE PHOTO



प्रतिक्रिया दिनुहोस्

Screenshot