Logo

अन्ततः राजपा–समाजवादीबीचको एकता टर्यो !



जेठ २४, काठमाण्डौ । पार्टी विभाजनको निसानामा परेपछि एकाएक एकीकरणको घोषणा गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले केन्द्रीय नेताहरूको व्यवस्थापन र वैचारिक मुद्दा भने सल्टाउन सकेका छैनन् । पार्टी एकता गर्ने जानकारी निर्वाचन आयोगमा वैशाख ११ गते गराएका थिए । उक्त मितिले ४५ दिनभित्र प्रक्रिया पूरा गर्नुपर्ने थियो । तर अब एक दिन मात्रै बाँकी हुँदा पनि एकता प्रक्रिया टुङ्गो लागेको छैन ।

वैशाख १० गते राति राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको थियो । सहमतिपत्रमा पार्टीको नाम, झन्डा, चुनाव चिह्नबाहेक अरू धेरै पक्षबारे केही उल्लेख गरिएको थिएन । १० गते रातिको सहमतिलाई आधार बनाएर दवै दलका नेताहरु ११ गते निर्वाचन अयोग पुगेर एकताको सहमति पत्र बुझाएका थिए । र बाँकी प्रक्रिया पूरा गरेर नयाँ पार्टी दर्ता गर्ने लक्ष्य लिएका थिए ।

तर एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवादका कारण बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन । निर्वाचन आयोगमा जानकारी गराएको मितिले ४५ दिनभित्र एकताका लागि सबै कागजपत्र तयार गर्नुपर्ने थियो । तर आइतबार ४५ दिन पुग्दैछ । र एकताको ठोस सहमति भने हुन सकेन । दल दर्ताको समय सकिनै लाग्दा समेत दुबै पार्टि बिच नेतृत्व कसलाई दिने भन्ने बारे अझै टुंगो लाग्न सकेको छैन ।

फरक–फरक नेतृत्व संरचनामा छलफल चलिरहे पनि कार्यकारी अधिकार समाजवादीले राख्ने कि राजपाले भन्नेमा विवाद छ । समाजवादी र राजपा दुवै कार्यकारिणी अधिकार अर्को दललाई नदिने अडानमा भएको कारणनै दल दर्ताको काम समयमा नहुने पक्का देखिन्छ । तर नेताहरु भने ४५ दिनमा प्रक्रिया पूरा गर्न नसके पनि एकता नरोकिने समाजवादी पार्टीका नेता मोहमद इस्तियाक राई बताउँछन् ।

दुवै पक्षबाट कुरा नमिलेपछि नेकपा मोडलको दुई अध्यक्षीय प्रणालीमा जानेबारे पनि छलफल चलिरहेको छ । लकडाउन खुलेको १० दिनभित्र दर्ता गर्न सकिने भनेर आयोगकै पदाधिकारीले मौखिक रूपमा भनेको बताउदै समयमा दर्ता प्रकृया अघि बढ्न नसके पनि पार्टी एकिकरण भएरै छोड्ने राजपाका महासचिव केशव झा बताउँछन् ।

समाजवादी र राजपा बिच पटक पटक आ–आफ्नो पार्टीको आन्तरिक छलफल हुदै आएको छ,। आ–आफ्नो पार्टीका छलफल पछि दुवै पाटीको बैठक बसेर नेतृत्वको टुंगो लगाउने भनिएको थियो । तर आ–आफ्नो पार्टीका बैठकबाट पनि निष्कर्ष निस्केको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot