भारतको राजस्थानस्थित थार मरभुमीमा सबैभन्दा धेरै दुई मुखे सर्प पाइन्छ । वैज्ञानिकहरुले यसलाई रेड बोआ सर्प नाम दिएका छन् । खाडी देशमा यो सर्पको सेवनले सबै किसीमका बिरामी निको हुने र सधै जवान देखिने विश्वास छ ।
खाडीका कतिपय मुलुकका मानिसहरु दुई मुखे सर्प खाँदा सदावहार भई यौन शक्ति बढ्ने विश्वास गर्छन् । यसलाई यौन शक्तिवद्र्धक औषधी मान्छन् । यही विश्वासका साथ त्यहाँका मानिसहरु यसलाई औषधिको रुपमा सेवन गर्दै आएका छन् ।
अन्य केही देशमा यसको सेवनले मानिसमा दैवीशक्ति प्राप्त भई भाग्य नै बदलिने विश्वास गर्छन् । चीनीको मान्यता अनुसार यसले यौन शक्ति बढाएर सयौ महिलालाई सन्तृष्ट पार्न सक्ने मान्यता रहेको छ ।
यो सर्प पाकिस्तान तथा भारतमा पाइन्छ । यो दुई मुखे सर्प विषालु भएपनि आजसम्म कोही मानिसलाई नटोकेको वैज्ञानिकहरुले बताएका छन् । यो सर्प निकै लजालु हुने र मानिसलाई हानी नपुर्याउने प्रकृतिको हुन्छ । एजेन्सीको सहयोगमा