एजेन्सी। २७ जेठ । भारतमा बघिनीलाई खोरमा राखिएको छ । सुन्दरी नामकी ती बघिनीलाई दुई जना मानिसलाई शिकार गरी खाएपछि खोरमा थुनिएको हो ।
बघिनी वन बिहार भोपालको खोरमा थुनिएपछि चर्चा चलेको छ । सुन्दरीले आतंक मच्चाएपछि उडिसा र मध्ये प्रदेश राज्यबीच तनाव सिर्जना भएको छ । मध्ये प्रदेशबाट यात्रा गरेको बघिनीले उडिसामा आतंक मच्चाइरहेको छ ।
सुन्दरीले उडिसा राज्यमा विगत दुई वर्ष देखि आंतक फैलाइरहँदा फिर्ता लैजान उडिसा राज्य सरकारले मध्ये प्रदेशलाई पत्राचार गरेको छ । २८ जुन २०१८ मा मध्ये प्रदेश वन क्षेत्रबाट सुन्दरीलाई उडिसा वन क्षेत्रमा ल्याइएको थियो । बघिनीलाई ६ जलाईमा खुला मुक्त गरेका थिए ।
सुन्दरीलाई नभेम्बर ६ मा वन अधिकारीहरुले दूई जना शिकार गरेका कारण उनलाई समाते । समातिएपछि उडिसा राज्य सरकारले मध्येप्रदेशलाई सुन्दरीलाई फिर्ता लैजान पत्राचार गरे । जवाफमा सुन्दरीलाई आफूहरु नलैजाने विषय स्पष्ट पारेको छ । मध्येप्रदेश र उडिसाका क्षेत्रमा छ वटा बाघहरु रहेको जनाइएको छ । सुन्दरीलाई नियन्त्रण गर्न भने वन अधिकारीले समेत सकेको छ्रन् । उक्त क्षेत्रमा सुन्दरीले २ जनाको शिकार हालैमात्र गरेकी थिइन् । यसअघि एक महिलाको शिकार गरेकी थिइन् । त्यसपछि सो क्षेत्रमा बस्ने वासिन्दाहरु भने अन्य ठाँउमा बसोवास गर्न पुगेका छन् ।