Logo

७५ लाख कोरोना संक्रमित, भारत बढी संक्रमित भएका मुलुकमध्ये चौंथो



काठमाडौं, ३० जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित ७५ लाख नाघेको छ । जसमध्ये मृतक ४ लाख २३ हजार पुगेका छन् ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर ७५ लाख ८३ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये अमेरिकामा २० लाख ८९ हजार संक्रमित सख्या पुगेको छ । १ लाख १६ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ८ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ । रुसमा ५ लाख संक्रमितमध्ये ६५ को मृत्यु भएको छ ।

चौंथो स्थानमा भारत छ । उसले स्पेन र बेलायतलाई उछिनेको छ । भारतमा २ लाख ९८ संक्रमित मध्ये ८ हजार ५ सयको मृत्यु भएको छ । भारतमा संक्रमित संख्या बढिरहेको छ ।

बढी संक्रमित भएका मुलुकमा नेपाल ७४ औं स्थानमा छ । नेपालमा ४ हजार ६ सय १४ जना संक्रमितमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।-File Photo: Agency 



प्रतिक्रिया दिनुहोस्

Screenshot