Logo

तालले अचानक रङ फेर्यो, दुनियाँ चकित



भारतमा रहेको ५० हजार वर्ष पूरानो ताल आफै गुलावी रङमा परिवर्तन भएको छ । महाराष्ट्रमा लोनार नाम गरेको तालले रङ परिवर्तन गरेको हो ।

उक्त रोचक घटना प्रति वैज्ञानिकहरु समेत चकित परेका छन् । अनुसन्धानको क्रममा तालमा नुनको मात्रा बढेको कारण तालको गुलावी हुन पुगेको हो । उताहमा रहेको ग्रेट सल्ट लेक र अष्ट्रिेलियामा रहेको लेक हिलरमा समेत समय समयमा गुलावी रङ हुने गर्दछ ।

तालले पहिलेपनि आफ्नो रङ फेरि गुलावी हुने गर्दथ्यो तर, यसपाली नुनको मात्रामा अत्यधिक वृद्वि भएको कारण रङ कडा रुपमा देखिएको वैज्ञानिकहरुले जनाएका छन् । तालमा रातो शैलाव (एल्गे) को उपस्थित समेत रहेको कारण रङ गहिरो भइ देखापरेको जनाइएको छ । उक्त तालको रङलाई प्रयोगशालामा लगी अनुसन्धान गरिरहेको वैज्ञानिकहरुले जनाएका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्