Logo

एक थुने बाख्राले दुध दिएपछि गाउँलेले देवता सम्झी पुज्न थाले



भारतको बुदेलखंडको जलौनमा एक बाख्राले दुध दिइरहेको छ । दुध दिने बाख्राको थुन एउटा मात्र छ । जसबाट धेरै दुध दिइरहेको छ । कसैले चमत्कारी बाख्रा भनिरहेका छन् भने कसैले पप्पु बाख्रा भनेका छन् ।

सबैले आफ्नै किसिमले वाख्राको व्याख्या गरिरहेका छन् । गाउँका मानिसहरुले बाख्रालाई मन्दिरमा राखेका छन् जसलाई हेर्न टाढा टाढाबाट मानिसहरु हेर्न आउने गर्छन् ।

केहि दिन अगाडी यो बाख्रा मन्दिरको वरिपरि घुमेर कराउन थाल्यो मन्दिरमा काम गर्ने केही मानिसले मन्दिरमा लगेर बाँधिदिएपछि बाख्राको एक थुन पग्रियो । उक्त वाख्राले दैनिक एक गिलास भन्दा धेरै दुध दिन्छ । वाख्राले दिएको दुध अरुको वाख्राको जस्तो सामान्य भएको स्थानियले बताएका छन् । स्थानियहरुले बाख्राको दुधको चिया भेसीको दुधको भन्दा धेरै स्वादिलो भएको बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्