लन्डनमा एउटा प्लेनमा उस्तै अनुहार भएका दुई व्यक्ति एकैसाथ देखिए । उनीहरुलाई देखेर अन्य मानिसहरु अचम्ममा पर्दै हेरेर हाँस्दै थिए । उनीहरुबीच चिनजान थिएन । दुवैजना एक अर्कालाई देखेर छक्क परेका थिए ।
यी दुवैले प्लेनमा मात्र नभएर आश्चर्यको कुरा त होटल पनि एउटै बुक गराएका थिए । होटलमा देखेर दुवैजना आश्चर्यमा परे । डगलस र रोबर्ट नामका यी व्यक्तिहरुको कपालको रंग, दारी र मुख पनि उस्तै उस्तै थियो । यसको साथै दुवैले कालो टिर्शट लगाएका थिए ।