Logo

तामाको भाँडोमा पानी पिउँदा फाइदै फाइदा



तामाको भाँडोमा पानी राख्नु एक प्राकृतिक शुद्धि प्रक्रिया हो । तामा वा कपरले हाम्रो शरीरमा कपरको पुरा गर्छ र रोग उत्पन्न गर्ने बैक्टेरीयाबाट सुरक्षा दिन्छ । यदि हामीले बेलुका तामाको भाडोमा पानी राखेर बिहान तामाको भाँडोमा राखिएको पानी पिउनाले धेरै फाइदा हुन्छन् ।

यो पानीले शरीरलाई शान्त बनाउने आयुर्वेदमा भनिएको छ । यो पानीले शरीरको विषपनि बाहिर निकाल्नेछ । आज हामी चमत्कारीक फाइदाको बारेमा जानकारी दिनेछौ ।

  • तामाको भाँडोमा पानी ८ घण्टासम्म राखेर पिउँदा लाभकारी हुन्छ ।
  • तामाको भाँडोको पानी पिउँदा सुरुवाती क्यान्सरलाई रोक्न सक्छ ।
  • पेटका सबै समस्याको लागि तामामा राखेको पानी निकै हितकर हुन्छ ।
  • तामामा राखेको पानी पिउदा छाला सम्बन्धि सबै समस्या हट्ने र छाला सफा र चमकदार हुन्छ ।
  • शरीरको आन्तरीक सफाई गर्न तामाको पानी लाभदायक हुन्छ । लिवर र मिर्गौलालाई स्वस्थ राखी कुनै प्रकारका संक्रमणबाट जोगाउछ ।
  • नियमित रुपमा तामाको भाडोमा रातभर राखेको पानी पिएमा छाला स्वस्थ हुनुको साथै छालामा चमक बढ्छ ।
  • शरीरमा यो पानीले थायरेक्सीन हर्मोनलाई नियन्त्रीत गरी ब्यालेन्समा राख्छ र रोग नियन्त्रित गर्छ ।
  • यो पानी पिएमा छालामा भएको मरेको छाला पनि निस्कन्छ र अनुहारमा सधै चमक आउछ ।
  • तामाको भाडोमा राखेको पानीले रक्तसञ्चार धेरै हुनाले कोलस्ट्रोल नियन्त्रण भई मुटुको रोगबाट बचाउछ ।
  • कसैले शरीरको तौल घटाउन चाहेमा एक्सरसाइजको साथमा तामामा राखेको पानी पिएमा शरीरका एक्स्ट्रा वोसो कम हुन्छ । शरीरमा कुनै कमजोरी हुँदैन् ।


प्रतिक्रिया दिनुहोस्