Logo

विश्वभर ८१ लाख कोरोना संक्रमित



एजेन्सी, २ असार । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८१ लाख पुगेको छ । मृतक संख्या ४ लाख ३८ हजार पुगेको छ ।

वल्डोमिटरका अनुसार संक्रमित संख्या अझ बढ्ने क्रममा रहेको छ । सबैभन्दा बढी अमेरिकामा २१ लाख ८२ हजार संक्रमित भइसकेका छन् । जसमध्ये १ लाख १८ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ८ लाख ९१ हजार संक्रमितमध्ये ४४ हजारको मृत्यु भएको छ । रुसमा ५ लाख ३७ हजार संक्रमितमध्ये ७ हजाको मृत्यु भइसकेको छ ।

भारतमा ३ लाख ४३ हजार संक्रमितमध्ये ९ हजार ९ सयको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या वृद्धिको गति तिव्र देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot