Logo

रोबोटद्वारा श्रमिकको हत्या



मानिसलाई काममा सहयोग गर्न र सजिलो बनाउन प्रयोग गरिने रोबोट कति खतरा हुनसक्छन् यसको बारेमा सोच्न पनि सकिन्न । यसको उदाहरण हो जर्मनीको एक कम्पनीमा भएको घटना ।

जर्मनीको बानेटल स्थित प्लान्टमा रोबटले एक २२ वर्षिय कर्मचारीको हत्या गरेको छ । फक्सवागेन कम्पनीको प्रवक्ताका अनुसार रोबोटलाई त्यहि कर्मचारीले नै सेट गर्दै थिए । अचानक रोबटले ती युवाको घाटी समात्यो र मेटलको प्लेटमा पछारीदियो । आक्रामण गरेको केहि समयमा नै युवाको निधन भएको हो । युवाको नाम गोप्य राखिएको छ ।

युवाको हत्यामा रोबोटको कुनै गल्ती नभएको कम्पनीले बताएको छ । रोबट हिड्ने बाटोमा युवा आफै आएकोले रोबटले पछारिदिएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्