Logo

युवतीको पछ्याउने न्याउरीमुसो गिरफ्तार



जर्मनको बाट्रापमा बस्ने एक युवतीको सुचना अनुसार प्रहरीले आक्रामक न्याउरी मुसोलाई गिरफ्तार गरेको छ । न्याउरी मुसो युवतीको पछि पछि हिडेकोले प्रहरीले नियन्त्रणमा लिन परको हो ।

ती युवती गल्लीमा हिड्दै गर्दा न्याउरी मुसो पछि लाग्यो धेरै धबाउने प्रयास गर्दा पनि नसकेपछि प्रहरीलाई फोन मार्फत खबर गरेकी हुन् । तुरुन्त प्रहरीले मुसोलाई समातेर थानामा ल्याउदा मुसो निकै कमजोर देखिएको थियो । गिरफ्तार गरेर ल्याएपछि प्रहरीले तत्काल उद्धार केन्द्रमा पठाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot