ललितपुर, ३ असार । समाजसेवी तथा व्यवसायी उमेश बाँनियाले महालक्ष्मी नगरपालिका वडा नं ६ का दुई एम्बुलेन्स चालकलाई सपरिवार स्वास्थ्य बिमा गरिदिएका छन् । उनले जन्मदिनको अवसरमा घोषणा गरेको बिमासम्बन्धी पोलिसि पेपर आज चालकहरुलाई हस्तान्तरण गरिएको हो ।
बिमा पोलिसी पेपर चालकहरु कुमार महर्जन र रबि महर्जनलाई वडाध्यक्ष वासुदेव महर्जन र वडा सदस्य सुरेन्द्र अमात्यले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा हाम्रो युवा समुहका संयोजक विवेककुमार कार्की पनि सहभागी थिए ।
हाम्रो युवा समुह महालक्ष्मी नगरपालिकासँग समन्वय गरी व्यवसायी उमेश बाँनियाले सिद्धिपुरका एम्बुलेन्स चालकहरु कुमार महर्जन र रबि महर्जनलाई कोभिड १९ बाट हुने जोखिमको अवस्थामा उपचार गर्नुपर्ने अवस्थामा प्रति व्यक्ति एक लाखसम्मको उपचार हुने गरी आइएमइ इन्सुरेन्सबाट बिमा गरिदिएका हुन् । यो बिमा उनको परिवारका सदस्य समेतका लागि हो ।
व्यवसायी बानियाँ पाँचखाल नगरपालिकाका हुन् । उनले सामाजिक कार्यमा सक्रियता देखाउँदै आएका छन् ।