Logo

‘ओ’ ब्लड ग्रुपको मानिसलाई लामखुट्टेले धेरै टोक्छ



हामीले प्राय सुनेका छौ लामखुट्टेले धेरै टोकेको । यो कुरा सहि हो लामखुट्टेले कसैलाई धेरै टोक्छ भने कसैलाई कम । यदि हाम्रा आमा बाबु मध्ये एकलाई धेरै लामखुट्टेले टोक्छ भने हामीलाई पनि धेरै टोक्न सक्छ । लामखुट्टेको टोकाई एउटै आमाबाबुका सन्तानमा पनि फरक हुन्छ । लामखुट्टेले टोकाई ब्लड ग्रुपअनुसार निर्भर हुन्छ ।

अमेरिकामा गरेको अनुसन्धान अनुसार ‘ओ’ ब्लड ग्रुप भएका मानिसलाई लामखुट्टेले धेरै टोकेको पाइएको छ । वैज्ञानिकको अनुसार ब्लड ग्रुपमा प्रोटिन हुन्छ तथा यो प्राटिनको मात्रा ‘ओ’ ब्लड ग्रुपमा धेरै हुन हुनाले लामखुट्टेले धेरै टोक्ने गर्छ । यो ग्रुप भएकालाई लामखुट्टले अन्य ग्रुपलाई भन्दा दुई गुणा बढी टोक्छ ।

जसको शरीरमा पसिनाको गन्ध धेरै आउँछ, उस्लाई पनि धेरै नै टोक्छ । कपडाले पनि फरक पार्ने एक अनुसन्धानले जनाएको छ । रातो, निलो, प्याजी र कालो रगको कपडा लगाएमा पनि सजिलै टोक्ने पाइएको छ । र यस्तै वियर पिउने मानिसलाई पनि सजिलै टोक्ने अनुसन्धानले देखाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot