Logo

भारत र चीनका विदेशमन्त्रीबीच फोन वार्ता, कमजोर नआँक्न चीनको चेतावनी



एजेन्सी, ३ असार । भारत र चीनका सैनिकबीच सिमामा झडपपछि दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । दुवै देशका विदेशमन्त्रीले शान्ति कायम राख्नेबारे छलफल गरेका छन् ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेशमन्त्री वाङ ली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच कुराकानी भएको थियो । दुवैले सोमबार लदाखको गेलोन उपत्यकामा भएको झडपमा केन्द्रित भई कुराकानी गरेका थिए ।

ग्लोबल टाइम्सका अनुसार लीले पुनः घटना नदोहोरिने प्रतिवद्धता जनाउन भनेका छन् । उनले घटनाका दोषीलाई कारबाही गर्न समेत भनेको बुझिएको छ ।

चीनले आफूलाई कमजोर आँकलन नगर्न समेत चेतावनी दिएको उक्त पत्रिकाले भनेको छ ।

सोमबार दुवै पक्षबीच ठुलो हताहती हुने गरी झडपपछि उत्पन्न तनाव कम गर्ने प्रयास अन्र्तगत भारत र चीनबीच विभिन्न तहमा वार्ता अगाडि बढाइएको छ ।-Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्

Screenshot