Logo

पुरै विश्व घुम्ने पहिलो व्यक्ति



१४८० मा जन्मेका मैगलन पहिला युरोपीयन थिए । उनले प्रशान्त महासागर पार गरेका हुन् । १५१९ मा मैगलनले आफ्नो समुहलाई साथमा लिएर स्पाइस द्धिपमा खोज्न निस्के । स्पाइस खोज्दै केहि देशमा तिन वर्ष बिताएर फेरी आफ्नो स्थानमा फर्केका थिए ।

२७० मानिस र चालक दलको साथमा घुम्न निस्केको समुह यात्रा सकिदासम्म जम्मा १८ जना मानिस मात्र जिउँदा थिए । मैगलन फिलीपीन्सको पुर्वी तटमा पुगेर त्यहाका मुल निवासीले उनलाई सिबु द्धिपमा पुर्याइदिए ।

द्वीपमा पुर्याइदिने व्यक्तिसँग उनले दोस्ती निकै बढाए । सिबु द्वीपमा बनाएका साथीलाई छिमेकी द्वीपकाले आक्रमण गरेपछि मैगलनले पनि प्रतिकार गर्न खोज्दा घाइते भए र मैगलनलाई आक्रमणकारीले विषालु तीरले हानेपछि उनको त्यहि निधन भयो । यसरी उनी यात्राको क्रममा नै मारीए । उनको साथमा गएका साथीहरु छोटो बाटो खोजेर स्पेन फर्किए । तर उनी भने सधैका लागि अस्ताए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot