Logo

इच्छाधारी नागको नागिनसँग विवाह, प्रहरीले गर्यो सबै व्यबस्था



घटना भारतको हो । एउटा व्यक्तिले आफुलाई इच्छाधारी नाग हु भन्दै नागिनसँग शिव मन्दिरमा विवाह गर्ने हल्ला फैलायो । नाग नागिनको विवाह हेर्न भन्दै टाढा टाढाका मानिसहरु मन्दिरमा भेला हुन थाले पछि भिड कम गर्न प्रहरीलाई समेत निकै गाह्रो भयो ।

हल्ला फैलिदै गएपछि प्रहरीले बनारसबाट ३० किलोमिटर टाढाको राजपुरमा बस्ने आफुलाई ‘इच्छाधारी नाग’ बताउने सन्दीप पटेल र उनका बाबुलाई नियन्त्रणमा लियो र सोधपुछ गर्दा मात्र थाहा भयो ती युवा सन्दिप रोगबाट ग्रसित भएकोले उनको हात खुट्टा चल्दैनन र मेसीनको सहायताले चल्ने हुनाले नाग भन्न थाले र उसले त्यही नामको फाइदा लिन झुटो अफवाह फैलाए । जसको कारण विवाह हेर्नको लागि ठुलो भिड लाग्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्