Logo

भगवान कृष्णले सिकाएका १० सफलताका सुत्र



श्रीमद्भगवद गीतामा भगवान श्री कृष्णले अर्जुनलाई सिकाएका कुरा आज पनि युवाहरुको लागि त्यति नै महत्वपुर्ण छ ।

१. श्रीकृष्णको अनुसार हामीले राम्रो कार्य गरीरहनुपर्छ र व्यर्थ कुरामा आफ्नो समय बर्बाद गर्नुहँदैन र कसैसँग डराउनु पर्दैन् ।

२.श्रीकृष्णले पाण्डवहरुको कठिनाईहरुमा पुरै साथ दिएर साथी हुनुको अर्थ बताएका छन् । मित्रतामा कुनै शर्तको स्थान हुँदैन, यसकारण हामीले पनि समत्रलाई साथमा राख्नुपर्छ, जसले हरेक परिस्थितिमा हामीलाई सम्हाल्न सकोस् ।

३. महान योद्धा अर्जुनले शिक्षा केवल गुरुसँग सिके तर उनको आफ्नो अनुभवले धेरै सिके । यसकारण हामीलाई शिक्षकको साथै आफ्नो गल्ती र असफलताले पनि सिक्न सकिन्छ ।

४.यदि पाण्डवसँग श्रीकृष्ण जस्ता बुद्धिमान व्यक्ति नभएको भए युद्ध जित्न सम्भव थिएन् । यसैले कुनै प्रतियोगिता भन्दा पहिले वृद्धिको विकास गर्नु आवश्यक हुन्छ ।

५.श्रीकृष्ण क्रान्तीकारी विचारका धनी थिए । उनले मौका अनुसार आफ्नो भुमिका परिर्वतन गरे र उनले अर्जुनको सारथी भई सुरक्षा दिने काम पनि गरे ।

६. मानिसमा दुरदर्शी हुनुका साथै हरेक परिस्थितीको आकलन गर्नु सक्नुपर्छ ।

७.उनका अनुसार सफलता नमले पनि हिम्मत हार्न हुँदैन । समस्याको सामाना गरेर डरको पार गर्दा सफलता अवश्य निश्चित हुन्छ ।

८.श्रीकृष्णले अनुशासनमा बाँच्न, व्यर्थ चिन्ता नगर्न र भविष्यलाई सम्झेर वर्तमानमा ध्यान केन्द्रित गर्ने मन्त्र दिएका छन् ।

९.उनले साथी गरीब झुपडीका सुदामालाई सहयोग गरेर महलमा राखीदिए । त्यसरी नै मित्रमा धनी र गरीब नहेरी इमानदारी साथ मित्रता निभाउनु पर्छ ।

१०.उनको अनुसार जब हाम्रा शत्रु धेरै भएमा कुटनीतीको बाटो अपनाउनुपर्छ, किनकी सिधै बाटोमा विजय सम्भव हुँदैन । यसैले कृष्णलाई महान कुटनितिज्ञ पनि भनिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot