Logo

नेकपाले सहमति उल्लंघन गरेको यादवको आरोप



काठमाडौं, ९ असार । राजपा नेपालका सांसद महेन्द्र राय यादवले सत्तारुढ नेकपाले नागरिकताका विषयमा विगतमा भएको सहमति उल्लङ्घन गरी गलत संस्कार स्थापित गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले २०६२/६३ को दोस्रो जनान्दोलनपछि तत्कालीन प्रमुख राजनीतिक दलबीच नागरिकताका सम्बन्धमा भएको सहमतिअनुसार नै नागरिकताको प्रावधान कायम राख्न आग्रह गरेका हुन् । उनले सरकारले तराई– मधेशका नागकिरलाई अन्याय गर्न खोजेको र वैवाहिक सम्बन्धलाई समेत खलल पार्न खोजेको आरोप लगाए ।

समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले युगौँयुगदेखि चल्दै आएको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई खलल पार्न खोजेको आरोप लगाउँदै नागरिकताका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णय सच्याउन माग गरे । वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा राखिएको सात वर्षको प्रावधान अव्यावहारिक च भन्दै उनले गलत मनसायका साथ राखिएको व्यवस्था सच्याउन सरकारको ध्यानकर्षण गराए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot