Logo

कुकुरलाई हिरा जडित घडी उपहार



चीनको एउटा कुकुर यति भाग्यमानी छ कि उस्ले खुट्टाको दुइटा औलामा सुनले बनेको हिरा जडित एप्पलको घडी सधै लगाउँछ । आफुले पालेको वांग केके नामको कुकुरलाई मालिकले हिरा जडित घडी लगाइदिएका हुन् ।

कुकुरले लगाएको मंहगो घडी अहिले भाइरल भएको छ । कुकुरको मालिकले खुट्टामा लगाइदिएको घडी मालिकले नै इन्टरनेटमा राखिदिएका हुन् । घडीको तल ‘मरो नयाँ घडी ।’ लेखिएको थियो । कुकुरका मालिक चीनको रियलस्टेटको बादशाह कहलिएका वांगको २७ वर्षका एक्लो छोरा सिकोंग हुन् । उनले कुकुरलाई निकै माया गर्छन् ।

ती व्यापारीका पिता चीनको सबैभन्दा धनी हुन् उनको कारोबार ३४ अरब डलरको हुन्छ । कुकुरले लगाएको घडीको मुल्य १० हजार डलर देखि १७ हजार डलर पर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्